Comments Add Comment

इरानसँगको परमाणु सम्झौतामा फर्किनेबारे भियनामा मंगलबारदेखि वार्ता सुरु

२४ चैत, काठमाडौं । सन् २०१५ मा विश्वका प्रमुख शक्ति राष्ट्र र इरानसँग भएको परमाणु सम्झौता पुनः कार्यान्वयनमा ल्याउन मंगलबारदेखि अष्ट्रियाको भियनामा वार्ता सुरु हुँदैछ ।

सन् २०१८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेका थिए । अमेरिकाले प्रतिबन्ध लगाएपछि इरानले पनि सम्झौता उल्लंघन गर्दै युरेनियम संवर्द्धन बढाएको थियो ।

इरानले अब पुनः परमाणु सम्झौतामा फर्किन अमेरिकाले लगाएको प्रतिबन्ध हटाउनुपर्ने बताउँदै आएको छ । अमेरिका सर्वप्रथम इरानले सम्झौताको पालना सुरु गर्नुपर्ने आडानमा छ ।

भियनामा हुने बैठक परमाणु सम्झौतामा फर्किनको लागि महत्वपूर्ण मानिएको छ । यो सम्झौतामा इरान र अमेरिकासहित बेलायत, जर्मनी, फ्रान्स, चीन र रुसले हस्ताक्षर गरेका थिए ।

सोमबार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सहमतिमा पुग्ने बाटो निकै कठिन रहेको बताएका थिए । यद्यपि, वार्ता हुनु सहमतिको दिशामा राम्रो कदम भएको प्राइसको बुझाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment