Comments Add Comment

बंगलादेशमा लकडाउनको विरोधमा भएको प्रदर्शनमा तीनजनाको मृत्यु

२४ चैत, काठमाडौं । बंगलादेशको ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्धको विरोध गर्दै प्रदर्शन भएको छ ।

सोमबार बंगलादेशको खरिदपुर जिल्लाको साल्थामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आन्दोलनकारीहरुले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । कट्टरपन्थी समूह हिफाजत ई–इस्लामका समर्थकले साल्थास्थित प्रहरी चौकीमा आक्रमण गरेको प्रहरीको दावी छ ।

घटनामा कति घाइते भएको भन्ने यकीन छैन । तर स्थानीय अस्पतालका एक चिकित्सकले अरु तीन जनालाई पनि गोली लागेको बताएका छन् ।

त्यहाँ सोमबार भएको प्रदर्शनमा हजारौं मानिस सहभागी थिए । बंगलादेशमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सोमबारदेखि मुलुकभर सातदिन लकडाउन घोषणा गरिएको छ। आइतबार एकैदिन सात हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएसँगै बंगलादेशको सरकारले लकडाउन घोषणा गरेको थियो ।

लकडाउनको विरोधमा बंगलादेशको राजधानी ढाकामा पनि सयौं व्यवसायीले प्रदर्शन गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment