+
+
Shares

बंगलादेशको राष्ट्रपतिमा मिर्जा आलमगीर निर्वाचित

राष्ट्रपति चुनिएका आलमगीर सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते ७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशको संसद्ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई २५५ मतसहित देशको नयाँ राष्ट्रपति चयन गरेको छ ।
  • करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो ।
  • प्रतिद्वन्द्वी अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाएका छन्, र आलमगीर बीएनपीका नेता तथा शेख हसिनाका प्रमुख विरोधीमध्ये एक हुन् ।

५ भदौ, काठमाडौं । बंगलादेशको संसद्‍ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपति चयन गरेको छ।

करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो ।

सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तर्फबाट उम्मेदवार बनेका मिर्जा फखरुल इस्लाम आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए ।

राष्ट्रपति चुनिएका आलमगीर सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख विरोधीमध्ये एक रहँदै आएका छन् ।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो । शेख हसिना अहिले भारतमा बस्दै आएकी छन् । बंगलादेशले भारतसँग उनको प्रत्यर्पण गर्न माग गरेको छ ।

आलमगीरले कठिन समयमा बीएनपीको नेतृत्व गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनलाई विभिन्न समयमा पटक–पटक गिरफ्तारसमेत गरिएको थियो ।

बंगलादेशमा राष्ट्रपतिको पद मुख्यतः औपचारिक मानिन्छ । तर प्रस्तावित सुधारअनुसार राष्ट्रपतिको पदलाई थप अधिकार प्रदान गर्न सकिने बताइएको छ, जसले देशका शीर्ष नेताहरूबीच शक्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?