+
+
Shares

रसुवा बाढी : बंगलादेशले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते २२:००

१८ भदौ, काठमाडौं । बंगलादेश सरकारले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नेपालीका लागि १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन् । उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने भनिएको छ ।

बिहीबार बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराएका हुन् ।

यसअघि १ सेप्टेम्बरमा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

बंगलादेशको संसद्ले पनि २७ अगस्टमा नेपालमा भएको विपद्प्रति शोक प्रस्ताव पारित गरेको थियो ।

भदौ १० को बाढीपछि बंगलादेशका प्रधानमन्त्री रहमानले प्रधानमन्त्री शाहलाई सन्देश पठाउँदै बंगलादेश सरकार र जनताको तर्फबाट नेपालप्रति पूर्ण ऐक्यबद्धता जनाएका थिए । उनले बाढीबाट ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपालका राष्ट्रपतिप्रति समवेदना प्रकट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?