
२४ चैत, काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–२ पानीट्यांकीमा ट्रकमा कार ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३५ नम्बरको कार सोमबार बेलुका ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार सुर्खेतको भेरीगंगा नगरपालिका–५ कालीदमारकी २७ वर्षीय सुनिता पुन मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4