+
+
Shares

ताप्लेजुङमा ४२४ भूमिहीनको निवेदन प्राप्त

रासस रासस
२०७७ चैत २५ गते १५:४७

२५ चैत, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगको काम कारबाही अगाडि बढेसँगै ताप्लेजुङमा ४२४ भूमिहीनको निवेदन मालपोत कार्यालयमार्फत प्राप्त भएको छ ।

आयोगले ताप्लेजुङमा कार्यालय स्थापना गरेसँगै स्थानीय तहसँग सम्झौता गरेर काम अगाडि बढाएको भूमिसम्बन्धी समस्या समाधान आयोगका विज्ञ प्रकाश इवारासामले बताए । आयोगले अघिल्लो पटक संकलन गरेको विवरण खोज्ने कार्य गरेको उनले बताए ।

जिल्ला मालपोत कार्यालयको तथ्यांक अनुसार १०१ भूमिविहीन दलित, २३५ भूमिहीन सुकुम्बासी र ८८ परिवार अव्यवस्थित बसोबास भएको पाइएको छ । यो आठ वर्ष पुरानो तथ्यांक भएको आयोगका विज्ञ इवारासामले बताए ।

पुरानो तथ्यांकलाई आधार मानेर नयाँ विवरण खोज्ने काम भइरहेको छ । जिल्लाभित्र कति घरपरिवार भूमिविहीन छन् भन्ने  विवरण आउन तीन महिना लाग्नसक्ने जनाइएको छ ।

ताप्लेजुङको पाथीभरा याङवरक, सिदिङवा, सिरिजंघा र मिक्वाखोला गाउँपालिकामा विवरण संकलनको लागि सम्झौता भइसकेको आयोगका ताप्लेजुङ अध्यक्ष लक्ष्मी याक्सोको भनाइ छ । बाँकी ५ स्थानीय तहसँग विवरण संकलन गर्न सम्झौताको तयारी भइरहेको छ ।

सबै  स्थानीय तहबाट विवरण प्राप्त भएपछि जग्गा उपलब्ध गराउन आयोगले प्रक्रिया अगाडि बढाउने छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?