 
																			२५ चैत, काठमाडौं । ग्राहकबीच अन्तरक्रिया गराउने, भेहिकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित भेष्पाका लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले ‘हन्ड्रेड कस्टमर रिक्रियसन राइड’ आयोजना गरेको छ ।
भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म आयोजना गरिएको राइडमा युवाहरुको आकर्षण देखिएको कम्पनीले जनाएको छ । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको प्रालिका उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेहिकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।
महतोले भने, ‘भेष्पा प्रिमियम प्रडक्ट हो । भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको छ । राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको हो ।’
राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् । ‘प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भनिन्, ‘प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाइ नै भेष्पा हो ।’
भेस्पा राइडमा कम्पनीले मनोरन्जनका लागि थ्री लेग गेम, रोप पुलिङ, क्यारी योर पार्टनर रेस, भलिबल र कम्युनिकेशन ग्याप लगायतका खेलहरु आयोजना गरिएको र खेलमा सहभागी राइडरहरुलाई विभिन्न उपहार समेत प्रदान गरिएको एमभी दुगड ग्रुपले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4