Comments Add Comment

सेरमलाई खोप उत्पादन गर्न आर्थिक अभाव, सरकारसँग माग्यो सहयोग

२५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कोभिशिल्ड उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियाले आवश्यक खोप उत्पादनको लागि आर्थिक अभाव भएको बताएको छ ।

कम्पनीका सीइओ अदार पूनावालाले भारतले अन्य मुलुकमा कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएकाले सरकारबाट आर्थिक सहयोग हुनुपर्ने बताएका हुन् । भारतमा उल्लेख्य संख्यामा कोरोना संक्रमण बढेसँगै सेरम इन्स्टिच्युट अहिले खोप उत्पादन बढाउनुपर्ने दबाबमा छ ।

मंगलबार पूनावालाले भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भारत सरकारसँग आर्थिक सहयोगको लागि आग्रह गरिएको बताए। उनले भने, ‘विश्वलाई नै यो खोप चाहिएको छ र हामीले अहिले भारतको आवश्यकतालाई मात्र प्राथमिकता दिइरहेका छौं।तर पनि आवश्यक परेका भारतीयलाई पर्याप्त खोप दिन सकेका छैनौं ।’

पूनावालाका अनुसार अहिले कम्पनीलाई उत्पादन क्षमता बढाउन ३० अर्ब भारु चाहिएको छ । ‘यसका लागि कहिले पनि बजेट छुट्याइएको थिएन र योजना पनि थिएन किनकी हामी खोप निर्यात गर्छौं र ती मुलुकबाट पैसा आउँछ भन्नेमा थियौ तर अहिले त्यस्तो भइरहेको छैन । हामीले आफ्नो क्षमता बढाउन अब अर्कै उपाय खोज्नुपर्छ ’, पूनावालाले भने ।

सेरम इन्स्टिच्यूटले भारतमा दैनिक २० लाख कोरोना खोप उत्पादन गरिरहेको छ । तर, भारतमा उसले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्नेभन्दा निकै सस्तोमा बेच्‍नु परिरहेको छ । अन्य मुलुकलाई खोप बिक्री गर्दा कम्पनीले करिब १५ सय भारुमा यो खोप बिक्री गर्ने गरेको थियो। तर भारत सरकारलाई भने सेरमले १५० भारुमा यो खोप उपलब्ध गराउन बाध्‍य भएको छ । पूनावालाले भारतलाई बेच्दा पुनः लगानी गर्नका लागि कुनै नाफा नआउने बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment