+
+
Shares

बढेन अर्बपति विनोद चौधरीको सम्पत्ति, वरियतामा खस्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २५ गते १८:३९

२५ चैत, काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखिएको छ ।

अमेरिकी म्यागाजिन फोर्ब्सका अनुसार यस वर्ष विनोद चौधरीको सम्पत्तिको कुल मूल्यांकन एक अर्ब ४० करोड डलर छ । अघिल्लो वर्ष पनि त्यही नै थियो । सन् २०१९ मा चौधरीको सम्पत्ति एक अर्ब ७० करोड डलर थियो ।

यद्यपि यस वर्ष अर्बपतिको सूचीमा चौधरी ६२८ स्थान तल झरेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीअनुसार उनी २१४१ औं स्थानमा छन् । गत वर्ष चौधरी १५१३ औं स्थानमा थिए ।

फोर्ब्सले उल्लेख गरेअनुसार सीजी कम्पनी ग्लोबलका मालिक चौधरीसँग नबिल बैंक र वाईवाई चाउचाउ उत्पादक सीजी फुड्सको स्वामित्व छ । वाईवाईको कारखाना भारत, सर्बिया र बंगलादेशमा पनि छ भने इजिप्टमा निर्माणको क्रममा छ । चौधरी ग्रुपको १३५ वटा आफ्नै स्वामित्व रहेका तथा व्यवस्थापन गरिएका होटल सम्पत्ति छन् ।

गत वर्ष फोर्ब्सको सूचीअनुसार ‘नेट वर्थ’ एक अर्ब डलरभन्दा धेरै हुने अर्बपतिको संख्या दुई हजार ९५ थियो । यस वर्ष अर्बपतिहरुको संख्या बढेर दुई हजार ७५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?