+
+
Shares

लकडाउन बढ्यो भने ‘राधे’ अर्को बर्षको इदमा रिलिज हुन्छः सलमान खान

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते ११:१६

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने सेड्यूल तय गरिएको छ । तर, भारतमा दैनिक १ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन् । यसले, बलिउडकर्मीलाई चिन्तामा पारिदिएको छ ।

अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट पोष्टपोन्ड भैसकेको छ । अब, सबैको आँखा नायक सलमान खान अभिनित चलचित्र ‘राधे’माथि छ । नायक सलमान खानले हालै दिएको एक अन्तरवार्तामा महाराष्ट्रमा अप्रिल ३० सम्म लागू गरिएको रात्रीकालिन लकडाउन बढेको खण्डमा चलचित्र पोष्टपोन्ड गर्ने बताएका छन् । उनले, यदि मानिसहरुले मास्क लगाएनन्, सरकारले दिएको निर्देशन पालना गरेनन् भने भारतमा कोरोना संक्रमितको संख्या बढ्ने पनि बताए ।

यसैले, अप्रिल ३० सम्मको लकडाउन र कोरोना संक्रमितको संख्या हेरेर चलचित्र रिलिज के गर्ने भन्ने बिषयमा निर्णय हुने सलमानको भनाई छ । सलमानले यदि, यो बर्षको इदमा चलचित्र रिलिज हुन सकेन भने अर्को बर्षको इदमा रिलिज गर्ने पनि बताएका छन् ।

प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रमा सलमान र नायिका दिशा पटानी मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?