Comments Add Comment

प्रवल गुरुङको डिजाइन लगाउन मन छ : नाजिर हुसेन

नेपाली चलचित्र तथा म्यूजिक भिडियोका सफल कलाकार नाजिर हुसेन ‘लेवल ब्रान्ड’सँग जोडिएका छन् । उनलाई यो ब्रान्डले एक बर्षका लागि ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ । बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नाजिरले आफू एक बर्षका लागि ‘लेवल ब्रान्ड’सँग जोडिएको बताएका छन् ।

नाजिरले भने–‘म कुनै पनि ब्रान्डसँग जोडिदा त्यसले आम मानिसमा कस्तो खालको प्रभाव पार्छ भनेर सोच्नु गर्छु । यो ब्रान्डका उत्पादनहरु उत्कृष्ट लागेपछि नै म जोडिएको हुँ ।’ नाजिरले आफूले सक्दो प्रमोशन गर्ने पनि प्रतिवद्धता जनाए ।

यो ब्रान्डका विभिन्न पहिरनलाई मानिसहरुले मन पराएको नाजिरले बताए । सो अवसरमा मिडियासँग कुरा गर्दै नाजिरले आफूलाई विश्वका चर्चित फेसन डिजाइनर प्रवल गुरुङले तयार पारेका पहिरन लगाउन मन लागेको बताए । उनले भने–‘मलाई प्रवल गुरुङको डिजाइनमा पहिरन लगाउन मन छ ।’

नाजिरले आफूलाई नेपाली चलचित्रमा नायक अनमोल केसीको पहिरनले प्रभावित बनाएको पनि बताए । भने–‘विभिन्न कार्यक्रममा लगाएको पहिरन हेर्दा अनमोल केसीजीको पहिरन विशेष लाग्छ ।’ नाजिरले आफूलाई कुनै पनि पहिरन कार्यक्रम अनुसार लगाउन मन पर्ने बताए । उनले भने–‘म आफूलाई सुहाउँदो पहिरन लगाउँछु । कार्यक्रमको प्रकृती अनुसार पहिरनको छनोट गर्छु ।’

चलचित्र ‘राज्जा रानी’को प्रिमियरमा आफूले सबैभन्दा महंगो ड्रेस लगाएको नाजिरले उल्लेख गरे । ‘लेवल ब्रान्ड’का प्रमुख केपी पराजुलीले नायक हुसेनको लोकप्रियता देखेर उनलाई ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment