+
+
Shares

संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छ : सांसद पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते १४:११

२६ चैत, काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसकेमा सरकारमाथि नभई सभामुखमाथि प्रश्न उठ्ने बताएका छन् ।

प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै उनले संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुने बताए ।

‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ’ उनले भने, ‘सरकारमाथि मात्र प्रश्न उठ्दैन ।’

संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन पार्टी र कुन मन्त्रीले रोकेको छ भन्दै सांसद पण्डितले कुनै बाधा अवरोध भए संसदलाई जानकारी गराउन आग्रह गरे ।

‘एकतर्फी रुपमा सरकारले काम दिएन, संसदको काम छैन, जनताका समस्या सरकारले बुझ्न सकेन भन्यो भने के हुन्छ, पूर्वाग्रह भन्दा केही हुँदैन’ उनले भने ।

संसदको अगुवाइ कुशलतापूर्वक भएन भने प्रधानमन्त्री र मन्त्रीलाई दोष लगाएर उम्किन नमिल्ने सांसद पण्डितले बताए ।

‘त्यसैले ठोस कदम चाल्न, विधेयक अगाडि बढाउन, सन्धि सम्झौताका प्रस्ताव अगाडि बढाउनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यसमा सभामुखको विशेष भूमिका चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?