Comments Add Comment

भारतबाट आउनेलाई न्युजिल्याण्ड प्रवेशमा प्रतिबन्ध

२६ चैत, काठमाडौं । न्युजिल्याण्डले भारतबाट आउने व्‍यक्तिलाई मुलुक प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध भारतमा रहेका न्युजिल्याण्डका नागरिकको हकमा पनि लागू हुनेछ । भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगेसँगै न्युजिल्याण्डले दुई साताका लागि प्रतिबन्धको निर्णय गरेको हो ।

बिहीबार न्युजिल्याण्डमा २३ नयाँ संक्रमित भेटिएका थिए, जसमध्ये १७ जना भारतबाट आएका व्‍यक्ति  थिए । यससँगै न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले भारतबाट आउने व्यक्तिलाई मुलुक प्रवेशमा अस्थायी रोक लगाउने घोषणा गरेकी हुन् ।

Prime Minister Ardern said the suspension is not a country-specific risk assessment [File: Marty Melville/AFP]

यो निर्णय अप्रिल ११ बाट कार्यान्वयनमा आउनेछ र अप्रिल २८ सम्म जारी रहनेछ भने उक्त अवधिमा सरकारले जोखिम नियन्त्रणका अन्य उपायको खोजी गर्नेछ । पहिलोपटक न्युजिल्याण्डले आफ्नै नागरिकहरुलाई पनि मुलुक प्रवेशमा रोक लगाएको हो ।

न्युजिल्याण्ड लकडाउनलाई कडाइको साथमा पालना गराउने र कोरोनालाई नियन्त्रणमा राख्न सफल भएको मुलुक हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment