+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

भारतबाट आउनेलाई न्युजिल्याण्ड प्रवेशमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते १४:२६

२६ चैत, काठमाडौं । न्युजिल्याण्डले भारतबाट आउने व्‍यक्तिलाई मुलुक प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध भारतमा रहेका न्युजिल्याण्डका नागरिकको हकमा पनि लागू हुनेछ । भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगेसँगै न्युजिल्याण्डले दुई साताका लागि प्रतिबन्धको निर्णय गरेको हो ।

बिहीबार न्युजिल्याण्डमा २३ नयाँ संक्रमित भेटिएका थिए, जसमध्ये १७ जना भारतबाट आएका व्‍यक्ति  थिए । यससँगै न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले भारतबाट आउने व्यक्तिलाई मुलुक प्रवेशमा अस्थायी रोक लगाउने घोषणा गरेकी हुन् ।

Prime Minister Ardern said the suspension is not a country-specific risk assessment [File: Marty Melville/AFP]

यो निर्णय अप्रिल ११ बाट कार्यान्वयनमा आउनेछ र अप्रिल २८ सम्म जारी रहनेछ भने उक्त अवधिमा सरकारले जोखिम नियन्त्रणका अन्य उपायको खोजी गर्नेछ । पहिलोपटक न्युजिल्याण्डले आफ्नै नागरिकहरुलाई पनि मुलुक प्रवेशमा रोक लगाएको हो ।

न्युजिल्याण्ड लकडाउनलाई कडाइको साथमा पालना गराउने र कोरोनालाई नियन्त्रणमा राख्न सफल भएको मुलुक हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?