Comments Add Comment

पत्रकार महासंघ कर्णालीको अध्यक्षमा देवकोटा विजयी

२६ चैत, सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा देविराम देवकोटा विजय भएका छन् । प्रदेशको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा देवकोटा नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।

देवकोटा ४२९ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिस्पर्धी दैलेखका विष्णु शर्माले ३२१ मत प्राप्त गरेका छन् । देवकोटा प्रेस युनिएन, प्रेस संगठन र माधव नेपाल समूहको प्रेस चौतारीसहितको प्यानलका साझा उम्मेदवार हुन् । ओली समूह निकट प्रेस चौतारीका विष्णु शर्मालाई विप्लन निकटका पत्रकारको साथ थियो ।

यस्तै उपाध्यक्षमा संयुक्त प्यानलकै दैलेखका चक्र केसी विजयी भएका छन् । उपाध्यक्ष पदका लागि तीनजनाको उम्मेदवारी थियो । जसमा केसीले ३१३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी युनियन निकट नगेन्द्र उपाध्यायले २३८ र प्रेस चौतारीका पवित्र शाहीले २०४ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा संयुक्त प्यानलकै सुर्खेतकी विमला खड्का विजयी भएकी छिन् । खड्काले ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी  जुम्लाकी कृष्णमाया उपाध्यायले २२९ मत प्राप्त गरेकी छन् ।

महासचिवमा पनि संयुक्त प्यानलकै खगेन्द्रप्रसाद भट्टराई ४७० मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी विप्लव निकट पत्रकार संगठनका तप्तबहादुर मल्ल (भौतिक)ले २७९ मत ल्याए ।

खुला सचिवमा सुर्खेतका पत्रकार दीपक बुढा (४५१), समावेशी सचिवमा अशोक राजी (४४६), कोषाध्यक्षमा गणेशकञ्चन भारती (४३७) विजयी भएका छन् ।

सदस्यमा ईश्वरीप्रसाद देवकोटा (४०५), कृष्णबहादुर वली (५३६), जीवन शाही (५५२), दीपकबहादुर शर्मा (४१०), नन्दराज जैशी (४९६) सुवर्ण शाही (४४७) र सुरेन्द्रबहादुर सिंह (२४६) विजयी भएका छन् ।

यस्तै महिला सदस्यमा चिना विक (५६३), सुरिता बस्नेत (४६३) र देवका लामिछाने (४३७) विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment