+
+
Shares

म्यानमारका सेलिब्रिटी मोडल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते १५:३३

२६ चैत, काठमाडौं । म्यानमारका एक चर्चित सेलिब्रिटी पक्राउ परेका छन् । म्यानमारमा सेनाले गरेको कूविरुद्धको प्रदर्शनमा सहभागी भएका चर्चित भएका पाइङ टाखोन पक्राउ परेका हुन् । स्थानीय समय अनुसार बिहीबार बिहान पाँच बजे टाखोनलाई उनकै घरबाट पक्राउ गरिएको हो ।

टाखोनका समर्थक म्यानमारका साथै थाइल्याण्डमा पनि छन् । १० लाखभन्दा धेरै फलोअर्स रहेको उनको इन्स्टाग्राम र फेसबुक एकाउन्ट पनि हटाइएको छ । टाखोनकी बिहिनीले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्ट अनुसार सेनाको आठ ओटा ट्रकमा करिब ५० सैनिक टाखोनको घरमा आएका थिए । स्थानीयका अनुसार टाखोन पछिल्लो समय ‘गम्भीर डिप्रेसन’को समस्यामा थिए । यद्यपि, यस विषयमा थप जानकारी भने दिइएको छैन ।

Paing Takhon holding up a sign

सेनाले फेब्रुअरी १ मा कू गरेसँगै म्यानमारमा आन्दोलन सुरु भएको थियो । उक्त आन्दोलनको क्रममा अहिलेसम्म ६ सयभन्दा धेरै प्रदर्शनकारी मारिइसकेका छन् । पछिल्लो समय सेनाको कूविरुद्धको प्रदर्शनमा निस्किएका कलाकारहरुलाई निसाना बनाएको छ ।

सेनाले यसअघि करिब एक सय फिल्म निर्माता, कलाकार, सेलिब्रिटी र पत्रकारलाई पक्राउको लागि वारेन्ट जारी गरेको थियो । केही दिनअघि म्यानमारका चर्चित हास्य कलाकार पनि पक्राउ परेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?