
२६ चैत, सुर्खेत । मुगुमा एक बालिकाको हत्या भएको छ । सोरु गाउँपालिका–९, कालै गाउँकी नौ वर्षीया बालिकाको चैत २१ गते हत्या भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावललाई पक्राउ गरेको छ । उनले बलात्कार प्रयासपछि हत्या गरेको स्वीकार गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।
एसपी श्रेष्ठका अनुसार २१ गते साँझ शौच गर्न घरबाहिर गएकी बालिकालाई बलात्कार प्रयास गरेको र प्रतिकार गरेपछि हत्या गरेको भनी रावलले बयान दिएका छन् ।
बालिकाले अस्वीकार गरेपछि रावलले हातपात गरेको र बेहोस भएपछि कर्णाली नदीमा फालेको स्वीकारेको श्रेष्ठले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4