Comments Add Comment

रिद्धि सिद्धि नुकड नाट्य यात्रा जारी 

२६ चैत, काठमाडौं । नाटकले दर्शक समक्ष छाप छोड्दै रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेसनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्राको क्रम जारी रहेको छ ।

प्रदेश २ का ८ वटा जिल्लाका विभिन्न ५० स्थानमा गरिने यो यात्रा अहिले ११ वटा ठाँउमा प्रस्तुत भइसकेको रिद्धि सिद्धिले जनाएको छ  ।

हालसम्म प्रदेश नं. २ को धनुषा जिल्लास्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोतरीको बलबा र जलेश्वर, मटिहानी र पिपरा बजार र सर्लाहीको गोडैता, मलंगवा र होलीको अवसरमा दिनमा जनकपुरधाममा होली विशेष कार्यक्रम सम्पन्न भइसकेको रिद्धि सिद्धिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रिद्धि सिद्धि सिमेन्टको उपयोगिता विषयक नाटकले दर्शक समक्ष लोकप्रियता बटुल्न सफल भएको कम्पनीको दाबी छ । प्रस्तुत नाटकबाट दर्शकहरुले मनोरञ्जन लिनुको साथै आफनो भविष्यमा निर्माण हुने भौतिक संरचनामा प्रयोग हुने सबभन्दा महत्वपूर्ण पाटो सिमेन्ट प्रयोग गर्दा सचेत रहने विश्वास प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । सचेत नाम राखिएको प्रस्तुत नाटकमा दर्शकलाई भेला गराउन सुरुमा मैथिली नृत्य, मैथिली लोक गीतहरू प्रस्तुत गरी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको रिद्धि सिद्धिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment