Comments Add Comment

काठमाडौंको नागस्थान चोकमा ट्राफिक बत्ती जडान

२७ चैत, काठमाडौं । काठमाडौंको नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो ।

जडान गरिएको बत्तीको शुक्रबार विहान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले स्वीच अन गरेर उदघाटन गरे ।

कार्यक्रममा महाशाखा प्रमुख भट्टराईले सडक बत्ती जडानसँगै सडक अनुशासन कायम हुनुका साथै दुर्घटनामा कमी आउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र आज ट्राफिक बत्ती सञ्चालनमा सहयोग गरेको बताए ।

काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनकाजी महर्जनले महाशाखाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा खेलेको महत्वपूर्ण भूमिका प्रशंसायोग्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment