+
+

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते १५:०६

२७ चैत, काठमाडौँ । प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)ले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई (राजन)लाई पक्राउ गरेको जनाएको छ ।

मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दामा उच्च अदालत पाटनको फैसलाले १० वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेकोमा सजाय बेरुजू रही उनी फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?