Comments Add Comment

अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्नुपर्छ : कोइराला

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाएर चुनावमा जानु पर्ने बताएका छन् । शनिबार गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान संसद अनिर्णयको बन्दी भएको भन्दै अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु पर्ने बताएका हुन् ।

कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको बताए । ‘हिजो संविधान गुम्ने अवस्था थियो र हामीले संविधान जोगाउँन कै लागि संसद पुनस्र्थापना भन्यौं, तर अहिले संसदले विजनेश दिन सकेन’ उनले भने, ‘सभामुखको भुमिका पनि शंकास्पद रहन गयो, यहाँ प्रधानमन्त्री र सभामुखकै दुबैका कारण संसद अनिर्णयको बन्दै बनेको छ ।’

कोइरालाले यो सरकार र संसदलाई राखिराख्नु पर्ने कुनै कारण नभएको बताए । कोइरालाले आगामी महाधिवेशनमा सभापति बाहेक कुनै पदमा आफुले उम्मेदवारी नदिने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment