Comments Add Comment

शीर्ष क्लब सिटी घरेलु मैदानमै पराजित

२८ चैत काठमाडौं । प्रिमियर लिगको शीर्ष क्लब म्यानचेष्टर सिटी घरेलु मैदानमै लिड्स युनाइटेडसँग पराजित भएको छ ।

शनिबार भएको खेलमा १० खेलाडीमा झरेको खेलेको लिड्ससँग २-१ ले स्तब्ध बनेको हो । लिड्सका लागि दुवै गोल स्टुअर्ड डल्लासले गरे । उनले इन्जुरी टाइममा निर्णायक गोल गर्दै लिड्सको जित पक्का गरेका थिए ।

इत्तेहाद स्टेडियममा भएको खेलको ४२औं मिनेटमा स्टुअर्ट डल्लासले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा लियम कुपरले रातो कार्ड पाएपछि लिड्स शद खेलाडीमा समेटियो ।

दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गर्‍यो । ७६औं मिनेटमा फेरान टोरेसले सिटीका लागि बराबरी गोल फर्काए, तर एक खेलाडी कम भएपनि डल्लासले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।

हारका बाबजुद सिटी ३२ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा कायमै छ । ३० खेलबाट ६० अंक जोडेको म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ । सिटीलाई अब उपाधि जित्न ६ खेलमा ११ अंकको आवश्यकता छ ।

३१ खेलबाट ४५ अंकसहित लिड्स १०औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment