+
+
Shares

करेन्ट लागेर हेटौंडामा दम्पतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १२:३५
प्रतीकात्मक तस्वीर

३० चैत, हेटौंडा । घरको मिटरबक्समा लगेको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको हेटौंडामा एक दम्पतीको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–९ सिमेन्ट रोडका ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

स्थानीयका अनुसार मिटरबक्समा लगेको तार झोलिएका कारण तार उचाल्नका लागि तयार पारिएको फलामको पाइप प्रयोग गर्ने क्रममा हाईटेन्सन लाइनमा छुदा करेन्ट लागेको हो । मृतक दम्पतीका नाबालक छोरा र छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?