Comments Add Comment

तिरुपति ग्लासले भन्सार छली गरेको पुष्टि, ६ करोड ३३ लाख जरिवाना

फाइल तस्वीर

३० चैत, काठमाडौं । सुख्खा बन्दगाह भन्सार सिर्सियाले तिरुपति ग्लास कम्पनीलाई ६ करोड ५३ लाख रुपैयाँ जरिबाना गरेको छ । कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको सिसा आयात गरेर कर छली गरेको पुष्टि भएपछि तिरुपति ग्लासलाई उक्त रकम जरिबाना तिराएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

चैत २६ गते कम्पनीलाई जरिबानाको निर्णय भएको भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि कट्टेलले अनलाइनखबरलाई जानकारी दिए । कम्पनीलाई भन्सार ऐनअनुसार पाँच सय प्रतिशत जरिवाना गरिएको पनि उनले बताए । ‘भन्सार छल्ने नियतका साथ घोषणा गरिए भन्दा धेरै परिमाणमा सामान आयात गरेको देखियो, भन्सार ऐनअनुसार कम्पनीलाई पाँच सय प्रतिशत जरिवाना गरियो,’ कट्टेलले भने । रबी अग्रवालले तिरुपति ग्लास उद्योगको नाममा आयात गरेको उक्त टफन सिसाको प्रकार र परिमाण भन्सार घोषणामा झुक्याउन खोजिएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार घोषणामा चार एमएम भनिएको ग्लास छड्के जाँचको क्रममा पाँच एमएमको भेटिएको थियो भने घोषणामा ११ हजार १६ स्क्वायर मिटर भनिएको सिसाको परिमाण १७ हजार ५०३ स्कवायर मिटर पाइएको थियो ।

बालाजी ग्लासले यस अघि यसैगरी भन्सार छली गरेको विषयमा अनुसन्धान हुँदै जाँदा तिरुपति पनि छानबिनको दायारमा परेको थियो । भन्सार जाँच पास भएर १९ लाख २२ हजार राजश्वसमेत तिरीसकेपछि भन्सारले पुनः तिरुपतिको माल वस्तु जाँच गरेको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment