Comments Add Comment

यस्तो बन्नेछ काठमाडौं महानगरपालिकाको कार्यालय भवन

नयाा भवन निर्माणका लागि टेन्डर आह्वान

३१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा बन्ने आफ्नो कार्यालय भवनको लागि टेन्डर आह्वान गरेको छ । भूमिगत पार्किङसहित ८ तले भवनका लागि मंगलबार महानगरपालिकाले टेन्डर आह्वान गरेको हो ।

काठमाडौं महानगरले आफ्ना सबै विभागलाई एकै ठाउँमा राख्न सकिने गरी भवन बनाउन टेन्डर आह्वान गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली यो कार्यालय भवन बनेपछि महानगरका छरिएर रहेका विभिन्न विभाग र कार्यालयहरुको सेवा एउटै भवनबाट दिन सकिने बताउँछन् ।

उनका अनुसार टेकुमा रहेको महानगरको वातावरण विभाग रहेको जग्गामा सो भवन बन्नेछ ।

महानगरका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत भवन आधुनिक भएपनि अगाडिको मोहोडा परम्परागत शैलीको हुने बताउँछन् । ‘बोर्ड बैठक हलसहित पर्याप्त पार्किङ सुविधा राखेर भवन बन्ने छ,’ उनले भने,’यो भवन बनेपछि महानगरको दैनिक सेवा प्रवाहमा सहजता आउनेछ ।’

अहिले महानगरका केही विभागबाहेक मुख्य कार्यालय भाडाको घरमा बसिरहेको छ ।

कुल ६ हजार ७ सय वर्ग मिटरको भवन वरपर पर्याप्त खुला क्षेत्र रहनेछ । ६० वटा गाडी र सय भन्दा बढी मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।

भूकम्पले बागदरबारमा क्षति पुर्‍याएपछि महानगरपालिकाको अहिले आफ्नै कार्यालय भवन छैन । भूकम्प अघिसम्म आफ्नो मुख्य कार्यालय रहेको बागदरबारलाई भत्काउने योजनलाई सर्बोच्च अदालतले रोकेपछि महानगरपालिकले टेकुमा भवन बनाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment