Comments Add Comment

जाइकाको सहयोगमा २ सय १८ विद्यालयको पुनःनिर्माण सम्पन्‍न

पुन:निर्माणपछि पाटन माध्‍यमिक विद्यालय। तस्वीर: जाइका

३१ चैत, काठमाडौं । आकस्मिक विद्यालय पुननिर्माण कार्यक्रम अन्र्तगत नेपालका ६ वटा जिल्लाका दुई सय १८ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षतिग्रस्त भएका विद्यालयहरुको पुनःनिर्माण कार्य जापानी सहयोग नियोग (जाईका)को ओडिए (अफिसियल डेभलभमेन्ट एसिस्टेन्स) ऋणबाट भएको हो ।

ललितपुर, धादिङ, गोर्खा, रसुवा, नुवाकोट र मकवानपुर जिल्लाका दुई सय ७४ विद्यालय मध्ये बाँकी ५६ वटा विद्यालयको पुनःनिर्माण जारी रहेको डिजाईन तथा अनुगमन परामर्शदाता कम्पनी ओरियन्टल कन्सलटेन्टस ग्लोबल नेपालका प्रोजेक्ट मेनेजर वङ कुक हंगले जानकारी दिए ।

२०७२ साल बैशाखमा आएको भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको ओडिएको ऋणमा पुनःनिर्माण भइरहेको हो । भूकम्प लगत्तै क्षतिग्रस्त विद्यालयहरुको पहिचान गरी काम शुरु भएको र अबको डेढ वर्ष भित्र सबै विद्यालयहरुको पुनःनिर्माण सकिने हंगले बताए ।

नेपालकै दोस्रो पुरानो विद्यालय पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । ९७ वर्ष पुरानो पाटन माध्यामिक विद्यालयको भवन पुरानै शैलीमा बनाइएको छ । ‘यो नेपालको शिक्षा क्षेत्रमा ऐतिहाँसिक विद्यालय रहेको हामीले बुझ्यौं । त्यसैले यी विद्यालय भवनको पुरानै शैली र मौलिकता संरक्षण गरी पुनःनिर्माण गरिनुपर्छ भनेर हामीले काम गरेका हौं ।’ उनले भने ।

विद्यालय वैशाख ६ गते हस्तारण गर्ने तयारी भईरहेको हंगले बताए । विद्यालयका भवनहरु भूकम्प प्रतिरोधी तथा अपांगमैत्रीको परिकल्पना अनुसार बनेको र बनिरहेको छ । नेपाल सरकार, पुनःनिर्माण प्राधिकरण र केन्द्रिय आयोजना कार्यन्वयन ईकाई समन्वयमा आकस्मिक विद्यालय पुनःनिर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment