+
+
Shares

कोरोना खोप : सुनसरीमा सुटुक्क दोस्रो डोज

हरि अधिकारी हरि अधिकारी
२०७७ चैत ३१ गते १९:०५

३१ चैत, विराटनगर । सरकारले वैशाख ७ गतेबाट कोरोना खोपको दोस्रो डोज लगाउने कार्यतालिका निकालेको छ । तर सुनसरीमा भने सुटुक्क दोस्रो डोजको खोप लगाइएको पाइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर शाहलाई २९ चैतमा कोरोना संक्रमण देखियो । र, कोरोना दोस्रो डोज खोप लगाउँदा पनि उनलाई संक्रमण भएको भनियो ।

जबकि दोस्रो डोज ७ वैशाखदेखि लगाउने कार्यतालिका छ । यसबारे सोधीखोजी गर्दा चैत १७ गते नै दोस्रो डोज लगाएको पाइएको हो ।

म्याद जाने डरले हतार–हतार दोस्रो डोज

खोप ‘डेट एक्पायर’ हुने अवस्था आएपछि तोकेको समयभन्दा अगाडि नै दोस्रो डोज खोप लगाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए । उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १८२० जना र क्षेत्रीय कारागार झुम्कामा ९९६ जनालाई कोरोनाको दोस्रो डोज दिइएको छ ।

अस्पतालमा चैत १७ गते र कारागारमा २५ गते दोस्रो डोजको खोप लगाइएको थियो । ‘पहिलो चरणका लागि आएका सबै भ्याक्सिन खपत भएन’ उनले भने, ‘विभागसँग सल्लाह गरेर नै दोस्रो डोज लगाइएको हो ।’

स्रोतका अनुसार यसरी लगाइएका भ्याक्सिनको प्रयोग अवधि चैत महिनाभरिका लागि मात्रै थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?