Comments Add Comment

सृष्टि संवतदेखि विक्रम संवतसम्म : किन र कहिले सुरु भयो समयको गणना ?

मंगलबारदेखि विक्रम संवत् सुरुवातको २०७८ वर्ष पूरा भएको छ । १ अर्ब ९७ लाख वर्ष पहिले सुरु भएको मानिने कल्पाब्द संवत् होस् या १९ करोड वर्ष पहिलेदेखि सुरु भएको मानिने सृष्टि संवत् नै किन नहोस् । यी सवै संवतहरू अहिलेसम्म पनि गणना जारी रहेका संवतहरू हुन् ।

भारतीय शासक विक्रमादित्यले सुरु गरेको विक्रम संवत् अहिले नेपालको मूल कामकाजी संवत्को रूपमा रहेको छ । सौर्य मासअनुसार मनाइने यो संवत् नेपालमा चन्द्र शमशेरको समयदेखि सरकारी कामकाजमा प्रयोग हुन थालेको हो ।

आजभन्दा २००० वर्षअघिको सेरोफेरोमा तीन वटा संवत्हरु सुरु भए । ती हुन् ईस्वी, शक र विक्रम संवत् । ती संवत्मध्ये शक संवत् अहिले केवल गणनामा मात्रै सीमित भएको छ भने विक्रम संवत् र ईस्वी संवत् अझै पनि प्रचलनमा छ । त्यसमध्ये इस्वी संवत् भने झनै चर्चित संवतको रूपमा रहेको छ । यहाँ हामी हिन्दु काल गणना अनुसार कल्पाब्ददेखि हालसम्म विकास भएका केही महत्वपूर्ण संवतहरू र नेपाललगायत भारत वर्षबाहिर चल्ने संवतको बारेमा तल उल्लेख गरिएको छ।

नेपालमा मानिने संवतहरू

–कल्पाब्द : १९७२९४९१२२ हिन्दु कालगणना मान अनुसार०

समयको सबैभन्दा ठूलो एकाई कल्प हो भन्ने हिन्दु मान्यता छ । यही कल्पको सुरुवात भएको सम्झनामा कल्प संवत् मान्ने गरिन्छ।

–सृष्टि संवत् : १९५५८५१२२ (हिन्दु कालगणना मानअनुसार)

हिन्दु मान्यता अनुसार ब्रह्माले संसारको सृष्टि गरेको समयको स्मरणमा सृष्टि संवत् मान्ने गरिएको बताइन्छ । यो नेपाल र भारत लगायत अन्य मुलुकमा पनि हिन्दुहरूले मान्ने संवत् हो ।

–श्रीकृष्ण संवत् : ५२४७

श्री कृष्णको कालदेखि सुरु भएको संवत्को रूपमा श्री कृष्ण संवत् मान्ने गरिन्छ । यो संवत् अहिले सम्म पाँच हजार २४७ सम्म पुगेको छ ।

–युधिष्ठिर संवत् : ५१२२

महाभारतका योद्धा युधिष्टिरको निधन भएको समयदेखि सुरु हुनेगरी यो संवत्को गणना गरिन्छ। उनोक मृत्यु भएपछि कलियुग सुरु भएको मान्यता राखिन्छ ।

–कलियुग संवत् : ५१२२

कलियुग सुरु भएको सम्झनामा सुरु भएको संवत् कलि संवत् हो । महाभारतका योद्धा युधिष्ठिरको निधनको समयदेखि नै यो संवत् पनि सुरु भएको मानिन्छ ।

–कल्की संवत् :

कल्कीको जन्म भएपछिको संवत्लाई यो संवत् मानिन्छ । तर यो संवत्को सुरुवात बारे अझै जानकारी छैन ।

–सप्तर्षि संवत् : ५०९७

सप्तर्षि संवत् सृष्टि सुरु भएदेखि अस्तित्वमा आएको भन्ने मान्यता कतै छ भने महाभारत सुरुहुनुभन्दा पहिलेको चलनचल्तीको संवत् मान्ने अर्को मान्यता छ । तर यसको सुरुवात भने आजभज्दा ५ हजार ९७ वर्ष पहिले भएको मानिन्छ । पुरातन समयमा सप्तर्षि संवत् भारत मात्र नभई विदेशमा पनि प्रयोग गरिन्थ्यो भन्ने कुरा केही पुराणहरूमा उल्लेख छ । सप्तर्षि संवत्को प्रमाण पुराण, महाभारत, राजतरंगिणी, प्रसिद्ध श्रीलंका महावंश आदिमा पाइन्छ ।

–बौद्ध संवत् २५९६

भगवान् गौतम बुद्धको समयदेखि सुरु भएको संवत्लाई बुद्ध संवत् वा बौद्ध संवत् भन्ने गरिन्छ ।

–मलयकेतु : २३३३

भारतका राजा मलय केतुले सुरु गरेको संवत् मलय केतु संवत् हे । यो आजभन्दा २३३३ वर्ष पहिलेदेखि सुरु भएको थियो । मलय केतु सम्राट चन्द्रगुप्तका सुरुवाती सल्लाहकार थिए । अलेक्जेन्डरका सेनाले आफ्नो राज्‍यमा आक्रमण गरेपछि उनले चन्द्रगुप्तलाई सहयोग गर्ने निर्णय गरेका थिए ।

–श्रीशंकराचार्य संवत् : २३०१

आदि शंकराचार्यको नामबाट चलाइएको यो संवत्को अहिलेसम्‍म २३०० वर्ष नाघिसकेको छ ।

–शालिवाहन संवत् : १९४३

भारतीय शासक शालीवाहनले चलाएको यो संवत् केही समय धेरैतिर अस्तित्वमा रहे पनि अहिले यो केवल गणनामा मात्रै सीमित छ । यसलाई प्रयोगमा खासै ल्याएको पाइँदैन ।

–वीर निर्वाण संवत् : २५४८ (महावीर संवत् २६१६)

वर्द्धमान महावीरको समयदेखि सुरु भएको यो संवत् बुद्ध संवत्को समकालीन रहेको पाइन्छ ।

–विक्रम संवत : २०७८

राजा विक्रमादित्यले सुरु गरेको यो संवत् नेपालमा सरकारी कामकाजमा समेत प्रयोग हुने संवत्को रूपमा रहेको छ ।

–किराँत संवत् ५०८०

किराँत क्यालेण्डर अनुसार सुरु भएको यो संवत् अहिले पनि चलन चल्तीमा रहेको संत् हो ।

–ईस्वी सन : २०२१

विश्वमा सबैभन्दा धेरै चलनचल्तीमा रहेको संवत् हो इस्वी संवत् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको मृत्युपछि सुरु भएको यो संवत् विक्रम संवत् भन्दा ५७ वर्ष पछि सुरु भएको हो ।

–नेपाल संवत् ११४१

राजा उदयदेवको पालामा सुरु भएको नेपाल संवत् नेपालको मौलिक संवत् हो । यो संवत् सँगै नेपाली इतिहासमा मध्यकाल सुरु भएको मानिन्छ। यो कात्तिक महिनामा सुरु हुन्छ र यो चान्द्रमास अनुसार गणना हुने संवत् हो ।

–तमु संवत् : २६०५

तमु संवत् गुरुङ जातिले मनाउने संवत् हो । यो अहिलेसम्म पनि प्रचलनमा छ ।

–सोनाम संवत् २८५५

सोनाम संवत् तामाङहरूको विशेष संवत् हो । उनीहरूले पनि आफ्नो धार्मिक गतिविधि यही संवत्को आधारमा गर्ने गर्छन् ।

–हिजरी सन् : १४४२

हिजरी संवत् नेपालका मुस्लिम धर्म मान्ने जो कोहीले पनि मनाउने गर्छन् । उनीहरूको हरेक धार्मिक क्रियाकलाप अहिले पनि यही संवत्को आधारमा हुन् गर्छ ।

नेपाल बाहिर मानिने केही विशेष संवतहरू

–चिनियाँ संवत् : ९८००२३१९

यो चिनियाँहरूको मौलिक संवत् हो । यो संवत् ९ करोड वर्ष पहिलेदेखि सुरु भएको चिनियाँ मान्यता छ ।

–पारसी संवत : १८९९२४

पर्सियाबाट सुरु भएको पारसी कालगणना एक लाख ८९ हजार नौ सय २४ वर्ष पूर्वदेखिको मानिन्छ ।

–मिस्र संवत : २७७५

प्राचीन मिश्र सभ्यताबाट सुरु भएको मानिने यो संवत् सो क्षेत्रमा चलन चल्तीमा छ ।

–तुर्की संवत : ७६२८

–आदम संवत : ७३७३

–ईरानी संवत : ६०२३

–यहूदी संवत : ५७८२

–इब्राहीम संवत् : ४४६१

–मूसा सन् : ३६६०

–यूनानी सन् : ३५९४

–रोमन सन् : २७७२

–बर्मा सन : २५६२

–पार्थियन : २२६–

–जावा : १९४७

–कलचुरी संवत : १७७९

–बलभी संवत १७०१

–बांग्ला संवत : १४३२

–हर्षाब्द संवत : १४१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment