+
+
Shares

विष्णुमती सफाइ अभियान सुुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १२:२०

१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको छ । बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको हो ।

विष्णुमती सफाइ अभियानको आयोजनामा बुधबार बिहान विष्णुमती नदीको शोभा भगवती क्षेत्रबाट सफाइ अभियान प्रारम्भ गरिएको छ ।

विष्णुमती नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भए पनि हाल प्रदूषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गई मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमती नदी सफाइ अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए ।

विष्णुमती सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उनले जानकारी दिए । आगामी दिनमा अझै बढी समय दिइने पनि उनँको भनाइ छ ।

विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो ।

विष्णुमती सफाइ अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?