+
+
Shares

शिक्षकलाई तलब खुवाउन आर्थिक संकलन

रासस रासस
२०७८ वैशाख १ गते १२:३७
फाइल तस्वीर

१ वैशाख, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक्ति गर्नुपर्ने भएपछि आर्र्थिक सहयोग सङ्लन शुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

निजी स्रोतमा शिक्षक नराखी नहुने अवस्था भए पनि तलब खुवाउनका लागि आर्थिक अभाव हुने भएपछि आर्थिक स्रोत जुटाउन थालिएको उनको भनाइ छ । ‘‘विद्यालयको दरबन्दी कटौती हुँदै जाँदा कक्षा सञ्चालनमा कठिनाइ भइरहेको छ, निजी स्रोतको शिक्षक राख्न विद्यालयसँग आफ्नै स्रोत छैन’, उनले भने, ‘आर्थिक सङ्कलन गरेरै भए पनि शिक्षक राख्नुपर्‍यो भनेर अभियान शुरु गरिएको हो ।’

अभियान शुरु गरेको पहिलो दिनमा रु चार लाख ९४ हजार ५४० सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्य, विद्यालयका शिक्षक, समाजसेवी, भूतपूर्व विद्यार्थी, कर्मचारीलगायतबाट आर्थिक सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । प्राप्त भएको रकम सोझै विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

‘अहिलेसम्म अधिकतम रु २८ हजारदेखि न्यूनतम पाँच हजारसम्म स्वेच्छाले आर्थिक सहयोग प्राप्त भएको हो’, वडाध्यक्ष श्रेष्ठले भने, ‘थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता आइरहेको छ । विद्यार्थी सङ्ख्याअनुसार विद्यालयमा शिक्षक नहुँदा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नसकिएको भन्दै विद्यालयले निजी स्रोतमा भने पनि शिक्षक राख्ने तयारी गरेको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?