+
+
Shares

संघीयता जोगाउन कांग्रेसको सरकार आवश्यक : नेता सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १३:०३

१ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरिरहेको आरोप लगाउँदै संघीयता जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले बुधबार चितवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको आरोप लगाए ।

समृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सीमित रहेको दाबी गर्दै उनले भने, ‘देशमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने अवस्था छ, यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’ ओलीले नैतिक रुपले प्रधानमन्त्री हुने वैधानिकता गुमाएको भन्दै उनले तत्काल पद त्याग्न सुझाए ।

संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निर्माणमा अग्रसर भएको उनले बताए । यस्तो परिस्थितिमा कांग्रेस आन्तरिक रुपमा मजबुत हुनुपर्नेमा उनले जोड दिए ।

नयाँ वर्षमा मजबुत र विधिसम्मत चल्ने जनताको प्रिय पार्टी बनाउन सद्बुद्धि आओस् भनेर उनले कामना पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?