+
+
Shares

वीरेन्द्रनगरमा युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते ९:३६

२ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एकजना युवकको शव फेला परेको छ ।

वीरेन्द्रनगर नगरपालिका -८, स्थित कभर्डहल अगाडि खुल्ला चौरमा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार शव चिङ्गाड गाउँपालिका-६, घर भई हाल वीरेन्द्रनगर-१२ स्थित भावर टोलमा बस्दै आाएका ३५ वर्षीय जितेन्द्र चलाउनेको हो ।

शव पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र थप अनुसन्धान भैरहेको डीएसपी घर्तीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?