+
+
Shares

कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १०:०६

२ वैशाख, विराटनगर । विराटनगरको कोसी अस्पताल कोरोना भाइरस (कोभिड-१९) उपचार केन्द्रमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका-४ बरगाछीकी ४६ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला बुधबार दिउँसो श्रीमानसँगै कोरोना अस्पतालमा भर्ना भएकी थिइन् । नोबेल अस्पतालमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

स्कुटरमा अस्पताल पुगेकी महिलाको अवस्था सामान्य थियो । तर एक्कासी अक्सिजनको मात्रा कमी भएका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?