+
+

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १६:४०

२ वैशाख, काठमाडौं । प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । ‘अहिलेसम्म भएको कामकारबाहीको समीक्षा भएको छ’ जसपा नेता लक्ष्मणलाल कर्णले भने ।

कार्यदलको बैठक साँझ ५ बजे फेरि बस्नेछ । एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ  शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?