+
+

नेपालगञ्जका विद्यालय आइतबारदेखि एक साता बन्द गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १७:१३

२ वैशाख, काठमाडौं । कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।

एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

बाँकेमा बुधबार एकैदिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजानेसमेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?