Comments Add Comment

दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना, प्रदेश १ र ७ बढी प्रभावित हुने अनुमान

३ वैशाख, काठमाडौं । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘प्रिमनसुन एक्टिभिटी बढेको छ । आज र भोलि पनि एक्टिभ नै हुने देखिन्छ ।’ यसको प्रभावले अपराह्नपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र हल्का वर्षा हुने उनले बताइन् ।

मौसमविद मानन्धरका अनुसार यसको बढी प्रभाव प्रदेश १ र ७ मा देखिने छ । बाँकी प्रदेशका पनि पहाडी भागहरु प्रभावित हुने उनले बताइन् ।

मार्च, अपि्रल र मे महिनालाई पि्रमनसुन अवधि मानिन्छ । यो अवधिमा स्थानीयस्तरमा बादल विकसित भइ गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने र हल्कादेखि मध्यमखालको पानी पर्ने गर्दछ ।

यस्तो क्षणिक अवस्था मनसुनी वायु प्रवेश नगरेसम्म जारी रहन्छ । हावा हुरी र चट्याङले मानवीय क्षतिसमेत पुर्‍याउन सक्ने भएकाले सतर्क रहन र त्यसबाट जोगिनेे उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमार्फत् आग्रह गरेको छ ।

विहीबार बेलुकीपख काठमाडौं उपत्यकासहितका केही जिल्लाहरुमा पनि हावाहुरी चलेको थियो । चट्याङसमेत पर्दा भोजपुर, बागलुङ र स्याङ्जामा एक-एक जना गरी तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।

बिहीबार बेलुकी अन्य प्रदेशको तुलनामा प्रदेश १ मा बढी पानी परेको विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस चट्याङको मौसम सुरु भयो, कसरी जोगिने होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment