+
+
Shares

एकैदिन थपिए ९ सय कोरोना संक्रमित

काठमाडौँ र बाँके बन्‍यो कोरोनाको 'हट स्पट'

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १६:५९

३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै मोरङमा २० जना, धनुषामा १० जना, पर्सामा ३० जना, काठमाडौँमा २८६ जना, चितवनमा २२ जना, भक्तपुरमा १९ जना, ललितपुरमा ४३ जना, कास्कीमा ४६ जना, दाङमा २१ जना, बाँकेमा १३३ जना, रुपन्देहीमा ४३ जना र कैलालीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँग काठमाडौँ र बाँके कोरोनाको हट स्पट बनेको छ । बाँकेमा शुक्रबार मात्र १ सय ३३ जनामा कोरोना संक्रमित भएका हुन् ।

यस्तै शुक्रबार २ सय ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ।

हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?