Comments Add Comment

डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

४ वैशाख, डोटी । डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ ।

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कोरोना भाइरसको त्रासका बीच डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिद्वारा शनिबार आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुवेदीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बर्ता । ‘सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ, गत आार्थिक वर्षमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा तीन अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको छ,’ उनले भने ।

मन्त्री सुवेदीले प्रदेशका सबै महिला स्वयंसेविकालाई पहिलो वर्ष प्रत्येकको बैंक खातामा १०/१० हजार रुपैयाँ प्रदान गरिएको र अहिले परिवारका पाँच सदस्यसहित स्वास्थ्य बीमा गरिएको जानकारी दिए ।

जिल्लाका नौवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment