+
+
Shares

गृहमन्त्रीमा रामबहादुर थापा पुनःनियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १४:३८

५ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित भएका थापाले दल त्याग गरेको सूचना माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा गराएका थिए ।

थापाले दलत्याग गरेको भनी राष्ट्रियसभाले आइतबार सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए । सांसदबाट पदमुक्त भएपछि थापा मन्त्री पदबाट पनि स्वत: मुक्त भएका थिए ।

अहिले उनी सांसद सदस्य नभएका व्यक्ति मन्त्री हुने अर्को संवैधानिक व्यवस्था अनुसार मन्त्री भएका हुन् र उनी सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?