Comments Add Comment

नेपाली मल्टी कन्सल्टिङ कम्पनी एआईडीआईए र ऋषिहुड युनिभर्सिटीबीच सम्झौता

५ वैशाख, काठमाडौँ । नेपाली मल्टी कन्सल्टिङ कम्पनी एआईडीआईए कन्सल्टिड्ड र भारतको नयाँ दिल्लीमा रहेको ऋषिहुड युनिभर्सिटीबीच सहमति भएको छ ।

उक्त सहमती पत्रमा एआईडीआईए कन्सल्टिड्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आदित्य मान सिंहले र ऋषिहुड युनिभर्सिटीको तर्फबाट रजिष्ट्रार प्रोफेसर नितेश बन्सलले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमति अनुसार एआईडीआईए कन्सल्टिड्ड र ऋषिहुड युनिभर्सिटीले आगामी दिनहरुमा नेपालमा अध्धयनरत विद्यार्थीहरुका लागि शैक्षिक क्षमता एवं सीप अभिवृद्धिका लागि तालिमहरु उपलब्ध गराउने कम्पनीका निर्देशक मार्शल राठौरले जानकारी दिए ।

यसका साथै नेपालमै बसेर नयाँ सोच तथा प्रविधिमा आधारित भई व्यवसाय सञ्‍चालन गर्न चाहने नव युवा उद्यमीहरु (स्टार्टअपहरु) का लागि आवश्यक सहयोग उपलब्ध गराउन कम्पनीले सहकार्य गर्ने सहमतिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment