Comments Add Comment

शीर्ष ५ पारम्परिक मेकअप लुक

भारत वर्षमा परम्परागत रूपमा नै महिलाको सौन्दर्यको निकै चर्चा हुने गर्दथ्यो । जुन विभिन्न धर्मशास्त्र र पुराणहरूमा समेत चर्चा भएको पाउँछौं । जब नेपाल र भारतका महिलाहरूलाई परमपरागत सौन्दर्य सामग्रीको प्रयोग गर्नुहुन्छ भने कसैले पनि तपाईंलाई भारत वर्षकी नारी हुन् भनेर चिन्न कुनै मुस्किल हुँदैन । कलात्मक साडीको साथमा परम्परागत मेकअप लुकसम्मले भारतवर्षीय महिलाको मौलिक पहिचानको विकास गराएको छ ।

१. म्याट लुक

म्याट लुकको साथमा तपाईं गाढा रंगहरूको समेत प्रयोग गर्न सक्नुहुन्छ । यो विवाहको लागि उत्तम दृश्य हो। पहिलो आफ्नो ओठको आकारबारे जानकारी प्राप्त गर्नुहोस् । जसको आधारमा तपाईं रातो वा गुलाबी लिपस्टिक प्रयोग गर्न सक्नुहुन्छ ।

२.ग्लिटर लुक

ग्लिटर लुक विवाहमा आउने पाहुनाहरूको लागि उत्तम पारम्परिक श्रृंगार शैली हो । यो दीपावली जस्तै साँझको समयको लागि बढी महत्वपूर्ण हुन्छ । रातो, गुलाबी, वा हरियो साडीको साथमा तपाईं ग्लिटर लुकको सौन्दर्य शैली प्रयोग गर्न सक्नुहुन्छ । तपाईंको चम्किला आँखाको र रातो रंगको लिपिस्टिकले यो शैलीलाई अझ सुन्दर बनाउन मद्दत गर्छ ।

३.बिन्दी टच

यो विवाहको वार्षिकोत्सव वा चाडपर्व जस्ता समारोहको लागि उपयुक्त विधि हो । बिंदीलाई तपाईंको परम्परागत लुक मेकअपमा थप्न सक्नुहुन्छ ।

४. मेहन्दी

राम्रो सगुनका लागि चिह्नको रूपमा प्रयोग गर्नेदेखि एउटा सुन्दर मेकअपको लागि समेत मेहन्दीको प्रयोग गर्ने गरिन्छ । हिजोआज कुनै पनि दुलहीलाई मेहन्दी लगाउनै पर्ने सौन्दर्य सामग्रीको रूपमा विकास भएको छ । जबकि, मेहन्‍दीको उपयोगिता दुलही सजाउनमा मात्रै सीमित छैन । हरेक चाड एवं समारोहमा मेहन्दी महिलाको अनिवार्य सौन्दर्य सामग्रीको रूपमा रहेको छ ।

५. स्मोकी आइ

स्मोकी आइ अर्थात् धुवाँदार आँखा पनि परम्परागत सौन्दर्य सामग्रीमा पर्छ । यस शैलीमा आँखाको आँखीभौदेखि परेलासम्मको भाग रंगीन बनाउने गरिन्छ । यसमा धुवाँको जस्तो कालोदेखि रातो रंगसम्म मिसाउने गरिन्छ ।

यसमा परेलाको फेद अर्थात् आँखाको पलकमा गाढा खालको रंग लगाउने गरिन्छ । यसमा कालो खैरो रंगको बढी प्रयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment