Comments Add Comment

संसद अधिवेशन अन्त्य सरकारको कायरता : कांग्रेस नेता सिंह

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र संसदको मानमर्दन गरेको टिप्पणी गरे । उनले संसद अधिवेशन अन्त्यलाई संसदीय ब्यवस्थामाथिको अर्को प्रहार भनेका छन् ।

सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन स्थगित गरेकी छन् ।

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयाससमेत जारी राखेको पनि बताए । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आयोजित कार्यक्रममा उनले सरकारको प्रेस स्वतन्त्रताविरोधी कदमको प्रतिवाद गर्नुपर्ने बताए । ‘ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको छ । सबै मिलेर प्रतिवाद गर्नुपर्छ’ उनले भने ।

फरक प्रसङ्गमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदसीन भएको बताए । ‘सरकारले राजनैतिक, र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ । यो सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन’ उनले भने, ‘यो सरकारले विकास निमार्णका काम केही नगर्ने तर जनतामा विकास भएको भ्रम सिर्जना गरिरहेको छ ।’

नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment