Comments Add Comment

चेक गणतन्त्रका २० कूटनीतिक अधिकारीलाई २४ घण्टाभित्र रुस छाड्न निर्देशन

६ वैशाख, काठमाडौं । रुसले चेक गणतन्त्रका २० कूटनीतिक अधिकारीलाई २४ घण्टाभित्र आफ्नो मुलुक छाड्न निर्देशन दिएको छ । चेक गणतन्त्रले गोलाबारुदको भण्डारमा भएको विष्फोटको विषयलाई लिएर १८ जना रुसी कूटनीतिक अधिकारीलाई मुलुक छाड्न निर्देशन दिएलगत्तै रुसले जवाफी कदम चालेको हो ।

चेक गणतन्त्रले सन् २०१४ मा भएको विष्फोटमा रुसी गुप्तचर संस्थाको हात रहेको दाबी गर्दै आएको छ । साथै अहिले देशनिकाला गर्ने निर्णय गरिएका १८ रुसी अधिकारीहरु रुसी गुप्तचर संस्थाको एजेन्ट रहेको चेक गणतन्त्रको आरोप छ । रुसले भने चेक गणतन्त्रको आरोप अस्वीकार गर्दै आएको छ । यसै विषयमा पछिल्लो समय रुस र चेक गणतन्त्रबीचको तनाव बढेको छ ।

रुसले पछिल्लो समय आफ्नो मुलुकमाथि हुने हरेक कारबाहीको त्यस्तै जवाफ दिँदै आएको छ । केही दिनअघि अमेरिकाले पनि १० रुसी कूटनीतिक अधिकारीलाई देशनिकाला गर्ने निर्णय गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment