
६ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् ।
आफ्नै कार्यकक्ष सिंहदरबारमा सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए ।
‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन’, उनले भने ।
मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद अधिवेशन अन्त्य गरेकी छन् । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा संसद अधिवेशन अन्त्य भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4