+
+
Shares

बाँकेमा कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १५:१७
प्रतीकात्मक तस्वीर

६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत  एकजना स्टाट नर्सको मृत्यु भएको छ ।

भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको हो ।

डा. थापाले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनअघि उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ३/४ दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । तीन महिनाको सुत्केरी समेत रहेकी उनको उपचारकै क्रममा आज बिहान करिब १० बजे मृत्यु भएको हो ।’

यसअघि आइतबार राति १२ बजे बाँकेको कोहलपुर नगरपालिका-१४ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?