Comments Add Comment

प्रदेश २ प्राविधिक शिक्षाको हब बन्न सक्छ : मुख्यमन्त्री राउत

६ वैशाख, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउन सकिने बताएका छन् । त्यसका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उनको भनाइ छ ।

वीरगञ्जमा प्रदेश सरकारले स्थापना गर्न लागेको विज्ञान तथा प्रविधि विश्वविद्यालयबारे ठाकुरराम बहुमुखी क्याम्पसमा सोमबार आयोजित अन्तक्रियामा मुख्यमन्त्री राउतले वीरगञ्जलाई प्राविधिक शिक्षाको हब बनाउने बताए ।

‘सीटीईभीटी प्रदेश सरकारको मातहतमा हुनुपर्ने हो, शिक्षा मन्त्रालयको असहयोगले हामी प्राप्त गर्न सकेका छैनौं । त्यसमा विलम्ब हुने देखिएपछि प्रदेश प्राविधिक शिक्षा बोर्ड गठनका लागि विधेयक सदनमा पेश गरिसकेका छौं,’ उनले भने, ‘निजी होस् वा सामुदायिक विद्यालय नर्सिङ, कृषि होस् वा के प्राविधिक विषय पढाउन खोज्छ । सामुदायिक विद्यालयलाई त अनुमति र पैसा दिन्छ, निजीलाई सजिलै अनुमति दिन्छ ।’

उनले वीरगञ्जमा पहिले नै विश्वविद्यालय बनिसक्नुपर्नेमा केन्द्र सरकारको उदासिनताको कारण सम्भव नभएको जिकिर गरे ।

वीरगञ्जमा स्थापना हुने विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment