Comments Add Comment

‘नेपालले यसैवर्ष ई–कमर्समा नयाँ सम्भावनाको खोजी गर्न सक्छ’

१ वैशाख, काठमाडौं । नेपालमा ई–कमर्सको बजार अझै शिशुअवस्थामा रहेको मानिन्छ । तर, पछिल्लो केही समययता मानिसहरुको सामान किन्ने तरिकामा ठूलो परिवर्तन आइसकेको छ । मानिसहरुले सामान किन्नलाई प्रयोग गर्ने धेरै ई–कमर्स साइटमध्येको एक वेबसाइट दराज पनि हो । दराजले मुलुकमा ई–कमर्सको विकास र डिजिटल नेपालको लागि राम्रो वातावरण बनाउन ठूलो योगदान गरेको छ ।

दराजका चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेलका अनुसार अहिले चलिरहेको दराजको सेल ‘नव वर्षको भव्य सेल’ पछिल्लो तीन दिनअघि मात्र ल्याइएको थियो । तर, यो सेलको कारण वेबसाइटमा सबैभन्दा धेरै मानिसहरुले यो वेबसाइट चलाइरहेका छन् । दराजको ठूलो सेल मेला ११ अप्रिलदेखि सुरु भएको हो भने २० अप्रिलसम्म जारी रहनेछ ।

अनलाइनखबरले दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ र प्याकुरेलसँग अहिले चलिरहेको अभियान र यो अभियान सफल पार्न भइरहेको तयारीबारे कुरा गरेको छ । उनीहरुले नेपालको ई–कमर्स बजार, यसको सम्भावना र अवसरको विषयमा पनि कुरा गरेका थिए ।

भिडियो अन्तर्वार्ता हेर्नुस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment