Comments Add Comment

भारतबाट भित्रिने कर्णालीका संक्रमितको व्यवस्थापन सम्बन्धित पालिकाले गर्ने

६ वैशाख, सुर्खेत । भारतबाट भित्रिने कर्णाली प्रदेशका कोरोना संक्रमितको उपचार र व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने भएका छन् ।

प्रदेश सरकारकी सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमा नाकामा रहेका संक्रमितको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै दिने निर्णय गरेको हो ।

प्रदेशका नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र सामान्य लक्षण नभएका संक्रमितको सम्बन्धित स्थानीय तहले उपचार व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

‘प्रदेशमा रहेका कोरोना हब अस्पताल र सम्पूर्ण अस्पतालहरूमा कोरोनाका बिरामीको उपचार व्यवस्थापनका लागि पूर्ण तयारीमा रहनसमेत निर्देशन दिने निर्णय भएको छ,’ उनले भने ।

यस्तै दोस्रो लहरको कोरोना संक्रमण बढेकाले त्यसको उपचार, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिमभत्ता दिइने भएको छ ।

कर्णालीका १० वटै जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेतना कार्यक्रम व्यापक रुपमा अगाडि बढाउने निर्देशक खड्काले बताए ।

सार्वजनिक यातायात तथा क्षेत्रमा हिँडडुल गर्ने यात्रुहरूलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न लगाउन बस व्यवसायी कम्पनीलाई अनुरोध गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment