+
+
Shares

कोहलपुरमा २ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते ८:५३

७ वैशाख, काठमाडौं । बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका-२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र  ७७ वर्षीय पुरुषको राति ९ बजे  मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक पुरुषमा दम र क्षयरोगसमेत थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?