+
+
Shares

संसद अधिवेशन अन्त्यको निर्णय सरकारको निरंकुश कदम : जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते ९:००

७ वैशाख, काठमाडौं । संसद अधिवेशन हठात् रुपमा अन्त्य गरिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पुनस्र्थापित संंसदकोसमेत विरुद्ध रहँंदै आएको र संसदलाई विजनेस नदिइ अन्त्य गरेको आरोप जनमोर्चाले लगाएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संसद अधिवेशन अन्त्यको निर्णयलाई वर्तमान सरकारको अधिनायकवादी तथा निरंकुश कदम भनेर भत्र्सना गरिएको छ ।

‘संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व हुन्छ । संसदीय परम्परा अनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त गरेका छन् । उनको यो अधिनायकवादी तथा निरंकुश कदमको हामी घोर विरोध तथा भत्र्सना गर्दछौं,’ जनमोर्चाले भनेको छ ।

साथै प्रधानमन्त्री केपी शर्मा ओली देशलाई मध्यावधि निर्वाचनमा धकेल्न उद्दत रहेको आरोपसमेत जनमोर्चाले लगाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘ओली यो संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हत्कण्डा अपनाउन तयार भएका छन् । ओलीको यो क्रियाकलापले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको छ ।’

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?