Comments Add Comment

चितवनका सबै स्थानीय तहबाट कोरोनाविरुद्धको खोप

७ वैशाख, काठमाडौं । चितवन जिल्लाका सबै स्थानीय तहमा रहेका खोप केन्द्रबाट कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

२०७७ माघ १४ देखि २४ र फागुन २ देखि १० गतेभित्र कोभिड खोप लगाएकाहरुलाई दोस्रो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंमसेविका, सरकारी कर्मचारी, जनप्रतिनिधि, पत्रकार, बैंक तथा वितिय क्षेत्रका कर्मचारी र सुरक्षाकर्मीहरुलाई दोस्रो डोजको खोप दिइने कार्यालय प्रमुख तिवारीले बताए ।

स्वास्थ्य कार्यालयले परिचय पत्र वा पहिलो डोज लिएको खोप कार्ड लिएर मात्र खोप सेवा लिन जान अनुरोध गरेको छ । स्वास्थ्य कार्यालयले विभिन्न स्थानमा खोपकेन्द्र तोकेको छ ।

भरतपुरस्थित स्वास्थ्य कार्यालयको परिसरमा रहेको मातृ शिशु स्वास्थ्य क्लिनिकमा खोप केन्द्र बनाइएको छ । विहान १० देखि दिउँसो ३ बजेसम्म चल्ने यस खोप केन्द्रमा भरतपुरका पायक पर्ने व्यक्तिहरु खोप लगाउन जान पाउने छन् ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि खोप केन्द्र तोकिएको छ ।

वैशाख ७ र ८ गते भरतपुर क्षेत्रका स्वास्थ्यकर्मी, निजी अस्पतालहरु, स्वास्थ्य प्रदायक संघसंस्थाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने छ । यस्तै वैशाख ९ र १० गते सांसद, जनप्रतिनिधि, निजामती कर्मचारी, पत्रकार, स्वास्थ्य सेवाका सम्बन्धित परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ ।

वैशाख ११ गते बैंकका कर्मचारी, १२ गते प्राधिकरण तथा संस्थानका कर्मचारीहरु, महिला स्वास्थ्य स्वंमसेविका, १३ गते कारागार, आश्रमहरु र छुटपुट सबैलाई खोप दिइने कार्यालयका प्रमुख तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment